काठमाडौं — काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ । पानी तान्ने क्रममा इनारमा मोटर खसेपछि मोटर निकाल्न गएका उनीहरू इनारमा डुबेका हुन्।
पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न गएका झापा घर भएका ३६ वर्षीय दिपेन नफर्किएपछि उनलाई बचाउन सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ गएका थिए ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालका अनुसार दुवै जनाको इनारभित्र ज्यान गएको छ । प्रहरीका अनुसार उनीहरुको शव इनारबाट निकालिएको र मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ ।