फाइल तस्वीर

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आज बुधबार शोक बिदा दिने निर्णय गरेको छ । सवारी दुर्घटनामा परी आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले आज शोक बिदा दिएको हो ।
मन्त्री सिंहको शोकमा सुदूरपश्चिम प्रदेशस्थित सरकारी कार्यालयमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भई गम्भीर घाइते हुनुभएका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका सवारीचालक धर्मराज जोशी र मन्त्री सिंहको निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

355488339_275881411594200_359326487523329320_n