काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार आज अपराह्न ३ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा घोषणा गरिने भएको हो ।

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।
महासचिव गुरुङका अनुसार आज घोषणा हुने समाजवादी मोर्चामा आफ्नो पार्टीसहित नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी हुनुहुने र मोर्चाको नाम ‘समाजवादी मोर्चा नेपाल’ राखिने छ ।