काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज सोमबार बिहान ११ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको आजको बैठक विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।