फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपमा महामन्त्री मुकुल ढकालका अनुसार भोलि सोमबार बिहान ७ बजे पार्टी कार्यालयमा बस्ने गरी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको हो ।
असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुग्दैछ । पार्टी स्थापना भएको अवसरमा आगामी बिहिबार समसामयिक विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने र चियापानको आयोजनाको तयारी गरिएको छ भने सोही दिन केन्द्रीय कार्यालय बालाजुमा सार्न लागिएको बताइएको छ ।