काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक भेटिएको मङ्कीपक्स भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर फोकल पर्सन तोकेको छ । मन्त्रालयले मङ्कीपक्स भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको हो ।

मन्त्रालयका अनुसार मङ्कीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा. केशव ढकाल, मोरङस्थित कोशी अस्पतालका डा. सिबी झा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. सूचना मरहठ्ठा, जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका डा. रामज्ञान यादव, वीरगन्जस्थित वीरगञ्ज हस्पिटलका डा. अतुलेसकुमार चौरासिया, पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालका डा. आनन्द नेपाल र चितवमा भरतपुर अस्पतालका डा. शशी हिराचन हुनुहुन्छ ।
यसैगरी मन्त्रालयका अनुसार काठमाडौंस्थित वीर अस्पतालका डा. निरज पराजुली, टेकु अस्पतालका डा. शिवेन्द्र झा, पाटन अस्पतालका डा. मोनिक काफ्ले, बुटवलस्थित लुम्बिनी अस्पतालका डा. मनिलाल श्रेष्ठ, नेपालगन्जस्थित भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालका डा. सुस्मिता प्रधान र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. दिनेश शिवाकोटीलाई मंकीपक्स फोकल पर्सन तोकिएको छ ।

नेपालमा पहिलो पटक गत शुक्रबार मङ्कीपक्स भाइरसबाट हुने ‘एमपक्स’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६० वर्षीया एकजना विदेशी महिलामा मङ्कीपक्स भाइरस पुष्टि भएको थियो । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । यसअघि मङ्कीपक्स भाइरस १ सय ११ देशमा पुष्टि भइसकेको छ ।