काठमाडौं —प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा ११ बजेबाट प्रारम्भ भएको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुँदैछ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने छ ।
आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नुहुने भएको छ ।