तस्वीरः बागमती प्रदेश ।
हेटौंडा — बागमती प्रदेश सरकारले खर्च कटौती गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा खर्च कटौती गरेको हो ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती र फजुल खर्च रोक्ने योजना अघि सार्दै बजेट कटौतीमा जोड दिनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै मन्त्री सिंहले कागज खरिद समेत नगर्ने जानकारी दिनुभएको छ ।

बजेट सार्वजनिक गर्दै मन्त्री सिंहले विशेष भत्ताहरु खारेज गर्ने नीति लिएको बताउनुभएको छ । खर्च कटौंतीमा बागमती प्रदेशले गाडी खरिद गर्नेदेखि भ्यूटावर निर्माणजस्ता अनावश्यक संरचना निर्माण नगर्नेगरी खर्च कटौती गरिएको जानकारी गराउनुभयो ।