काठमाडौं — झण्डै डेढ वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आज शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।


यसअघि संसदीय सुनुवाइ समितिले उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो । नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ ग्रहण आजै अपराह्न ५ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।


वि.सं.२०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाएपछि सर्वोच्चको नेतृत्व कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको भरमा चलेको थियो ।