फाइल तस्वीर
भक्तपुर — गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार किलो पाँच सय २० ग्राम गाँजा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले त्यस व्यक्तिलाई समातेको हो ।

लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।