तस्वीरः नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्याल ।
काठमाडौं — नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सचिव अर्याललाई मुख्य सचिव पदमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ ।
अर्थविदसमेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सरुवा हुनुअघि उहाँ सूचना तथा सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।