काठमाडौं — जनमत पार्टीका सांसद् अब्दुल खानले नागरिकता पीडितले नागरिकता नपाएर सामूहिक आत्मदाह गरे त्यसको जिम्मेवारी कसले लिने भनी सरकार र न्यायालयलाई प्रश्न गर्नुभएको छ । सांसद खानले आज बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै यस्तो प्रश्न गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामीले हेरिरहेका छौँ सरकारको ध्यान कतातिर छ, अहिले नागरिकताबाट वञ्चित भएका सन्तानहरूले विभिन्न जिल्लाहरूमा र काठमाडौँको माइतीघरमा आत्महत्या गर्ने कोशिस गरिरहेका छन् । यो प्रयास एकदुई दिन भित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन् । त्यसको जिम्मेवारी कसले लिने ? नेपाल सरकारले लिने कि, नेपालको न्यायालयले लिने ?
यस्तो समस्याको जिम्मेवारी कसले लिने ? सरकार र न्यायालय सचेत हुनुपर्ने भन्दै उहाँले सरकारसँग जवाफ माग्नुभएको छ ।