तस्वीरः नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याल ।
काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आज बिहीकार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय हो ।

विभिन्न मन्त्रालयमा रहेर कुशलता पूर्वक सचिवको जिम्मेवारी बहन गर्दै आउनुभएका आर्याल केही समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानुअघि उहाँ सूचन तथा सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

वर्तमान मुख्यसचिव शङ्करदास बैरागीलाई सरकारले कुटनीतिक नियोगको जिम्मेवारी दिने भएको छ । स्रोतका अनुसार मुख्यसचिव वैरागीलाई राजदूतको जिम्मेवारीमा पठाउने सरकारको तयारी छ ।