तस्वीरः सुरक्षा परिषद्को बैठक । प्रदीपराज वन्त
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरक्षा परिषद्को बैठक बसेको हो ।


बैठकको मुख्य एजेण्डा के हो भन्ने विषयमा नखुलाई पनि देशको वर्तमान राजनीतिक घटनाक्रमलगायत अन्य विषयमा छलफल भएको स्रोतको भनाई छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत अर्थमन्त्री, परराष्ट्रमन्त्रीका साथै नेपाली सेनाका प्रमुखको उपस्थिति रहेको छ ।