काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहिबार बिहान ९:३० बजे बैठक बस्ने भएको हो ।

आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारले वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।