तस्वीरः संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं — संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । बुधबार उजुरीकर्तासँगको छलफलपछि प्रधानन्यायाधीश सिफारिसमा परेका कार्की विरुद्ध परेको उजुरीका बारेमा आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की संसदीय सुनवाइ समितिमा प्रस्टीकरण दिन सिंहदरबारमा जारी समितिको बैठकमा पुग्नुभएको हो ।
लामो समयदेखि कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहनु भएका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।