काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहिबार बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक २०८० को विभिन्न यी मन्त्रालयका शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
