तस्वीरः कार्यवाहक सभापति पूर्णबहादुर खड्का ।
काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । सभापति देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएकोले पार्टीको सभापतिको जिम्मेवारी कार्यवाहक सभापतिको रुपमा उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोक्नुभएको हो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गर्नुभएको छ । काङग्रेसको विधानबमोजिम सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि सरकारमा उपप्रधानमन्त्री समेत रहनुभएका उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी हो ।