तस्वीर : रामचन्द्र पौडेल राष्ट्रपति
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आज बिहान भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार राष्ट्रपतिको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्वास्थ्य बुलेटिन सार्वजनिक गरेको छैन । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले राष्ट्रपतिको उपचारको विषयमा केही उल्लेख गर्न चाहनु भएन ।