फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच सङ्क्षिप्त भेटवार्ता भएको हो ।
भेटमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो ।