तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो प्यूठानमा भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने सबै आठ तथा मृतकका शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा “प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, भनि उल्लेख छ ।
प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किने क्रममा हिजो भएको निजी कार दुर्घटनामा परी आठ जनाको ज्यान गएको थियो । चार जना बालबालिका सहित दुई महिला र दुई जना पुरुषको मृत्युभएको हो ।