तस्वीरः प्रतिनिधिसभाको बैठक
काठमाडौं — प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गर्नुभएको हो ।

दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राख्नुभएको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको बैठक आजै बस्ने गरी केही बेरका लागि स्थगित गरिएको थियो । बैठक सुरु हुँदैछ ।