फाइल तस्वीर: सीता दाहाल ।

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अशक्त बिरामी हुनुभएकी सीतालाई नियमत जाँचका लागि आज सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री पत्नी सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित हुनुहुन्छ । मधुमेह र उच्च रक्तचापबाट समेत पीडित र अचेत अवस्थामा रहनुभएकी सीता दाहाल हिंडडुल गर्न सक्नुहुन्न ।