प्रतिकात्मक तस्वीर
बाजुरा — बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि पनि बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।