काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १:०० बजे बस्न लागेको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र आय–व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल हुँदै आइरहेको छ । बजेटमाथि छलफल हिजोबाट सकिएपछि आज सोमबार अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।