काठमाडौं — सशस्त्र युद्धकालिन विषयलाई लिएर तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेता डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध सशस्त्र युद्धका समयमा अबोध नाबालकलाई बालसेनामा भर्ति गरेको भन्दै सर्वोच्चमा लेनिन विष्टले रिट दायर गर्नुभएको हो ।

विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बाल सेनाको रूपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको किटानीसहित सर्वोच्चमा रिट दर्ता गर्नुभएको छ ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै रिट दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।