साङ्गेतिक तस्वीर
काठमाडौंस्थित सिनामङ्गलस्थित शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । लागू औषध खरिदविक्री भैरहको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीले वाध्यभै गोलि चलाउँदा विकास भगवत भन्ने व्यक्ति घाइते भएका हुन् ।

लागुऔषध किनबेच भइरहेको सूचना पाएपछि त्यहाँ पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताउनुभयो । घाइते भगवतको उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । उनको घुँडामुनि गोली लागेको छ ।

निजको साथबाट केही मात्रामा लागू औषधसमेत बरामद र उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।