काठमाडौं —प्रतिनिधिसभाको बैठक जारी बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भैरहेको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद्हरुको प्रश्नको जवाफ दिंदै राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

अर्थमन्त्री डा.महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्दै हुनुहुन्छ । आजको बैठकमा विनियोजन विधेयक — २०८० र राष्ट्र ऋण उठाउने विधेयक —२०८० लाई प्रस्तुत गर्ने प्रस्तावप्रति नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

प्रतिनिधि सभा बैठक, २०८० जेठ २८ गते, आइतबार