तस्वीरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो शनिबार भगवान श्री पशुपतिनाथको दर्शन गर्नुभएको छ । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेर प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।

सो क्रममा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको पनि सहभागिता थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनमाथि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रश्न उठान गर्नुभएको छ । डा.भट्टराईले प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गर्दै सामाजिक सञ्जालमा ट्वीट गर्नुभएको हो ।


डा. भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्बिर राख्दै लेख्नुभएको छ, ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो, तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’नयाॅ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाॅदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!