काठमाडौं —प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आइतबार बिहान ११:०० बजे बस्ने भएको हो ।
आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसद्हरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।