तस्वीरः जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौं — सत्तारुढ दल जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज शनिबार पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भएको हो ।
पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज बस्ने कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।