तस्वीरः लुम्बिनी प्रदेशसभा ।

दाङ — लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले अहिले बस्न लागेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारालाई समावेश गरेको बताइएको छ ।

प्रदेश सरकारले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिनुका साथै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकोको छ ।

दुई दिन अघि (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको थियो ।