तस्वीरः राष्ट्रियसभा बैठक ।
काठमाडौं — राष्ट्रियसभाका आजको बैठकमा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको (बजेट) माथिको छलफल हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने कार्यसूची रहेको छ ।

जेठ १५ गते सोमबारका दिन अर्थमन्त्री डा महतले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको बजेटमाथि आइतबारदेखि निरन्तर छलफल भैरहेको छ । अर्थमन्त्री डा महतले आज जवाफ दिनुभएपछि राष्ट्रियसभाबाट आजै बजेट पारित हुने सम्भावना छ ।