काठमाडौं — प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काठमाडौंको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११:०० बजेदेखि सुरु भएको बैठकमा आर्थिक बर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहको हो ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ । उक्त बजेटमाथि हालसम्म १ सय भन्दा बढी प्रतिनिधिसभा सांसदहरुले आफ्नो धारणा र जिज्ञासा राखिसकेका छन् ।