तस्वीरः समाजवादी प्रेस सङ्गठन ।
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आजदेखि काठमाडौंमा सुरु हुनलागेको पहिलो केन्द्रीय अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने भएको छ ।
यो अधिवेशनको पे्रस सङ्गठनको आगामी नयाँ नेतृत्व चयन गर्ने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता हुने समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।