तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौं — आगामी आर्थिक वर्षको आय व्यय वितरणको बजेटमाथि छलफल गर्न आज शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११:०० बजे बस्ने बैठक बस्ने तय भएको हो ।
सरकारको तर्फबाट गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गर्नुभएको बजेट माथि आईतबारदेखि निरन्तर छलफल चलिरहेको थियो । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि एक सयभन्दा बढी सांसद्हरुले आ–आफ्ना भनाइहरु राखिसक्नुभएको छ ।
बजेटमाथि विपक्षी दलका सांसद्हरुले प्रश्न उठाउँदै आउनुभएको छ भने सत्तापक्षीय सांसद्हरुले बजेटको बचाउ गर्दै आउनुभएको छ । त्यसो त सत्ता घटक दल नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले बजेटप्रति केही असन्तुष्टी जनाउँदै आएका छन् । बजेटमाथिको छलफल सकिएपछि सदनबाट बजेट पास हुनेछ ।
