तस्वीरः काङ्ग्रेस सचेतक बन्नुभएकी सांसद् सुशीला थिङ ।
काठमाडौं — नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा सदस्य सुशीला थिङलाई संसदीय दलको सचेतकमा मनोनयन गरेको छ । पार्टी सभापति एवम् नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद थिङलाई आज दलको सचेतकको रुपमा मनोनयन गर्नुभएको हो ।
सिन्धुली जिल्लाका समानुपातिकतर्फकी सांसद् थिङ काङग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । सांसद् थिङललाई संसदीय दलको विधानको धारा १३ (२०) बमोजिम सचेतक पदमा मनोनयन गरिएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले बताउनुभयो । सभापति देउवाले यसअघि प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई पार्टीको प्रमुख सचेतकमा मनोनित गर्नुभएको थियो ।