तस्वीरः काठमाडौं जिल्ला अदालत ।
काठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी छ । गरिएको अभियुक्तहरुको तर्फबाट हिजो बुधबारदेखि काठमाडौं जिल्ला अदालतमा कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । भुटानी शरणार्थी प्रकरणका विचौलिया अभियुक्त सानु भण्डारीको पक्षमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ कानुन व्यवसायी रमन श्रेष्ठले गरे बहस ।

बुधबारदेखि १३ जना वकिलले बहस गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार सबैभन्दा पहिले बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए।

यसै प्रकरणमा पक्राउ परेका सागर राई र सन्देश शर्माको पक्षमा आज बिहीबार वकिलहरुले बहस गरेका छन् । अब बिहीबार दिउँसोसम्म पाँचजना अभियुक्तको प्रतिरक्षा गर्दै उनीहरुको पक्षमा बहस भएको छ ।

आजको बहसमा अभियुक्त सानु भण्डारीको तर्फबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ कानुन व्यवसायी रमन श्रेष्ठले विचौलिया सानु भण्डारीको पक्षमा बहस गरेका थिए । अर्का अभियुक्त सागर राईको तर्फबाट अधिवक्ताहरु प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गरेका छन् ।

त्यसैगरी अर्का अभियुक्त सन्देश शर्माको तर्फबाट अधिवक्ताहरु यज्ञ खतिवडा, गोपालराज अर्याल र नगेन्द्र चौहान, सुशीला कार्कीलगायतले बहस गरेका थिएभने हिजो बुधबार केशव दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट एकजना वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका थिए ।

आइतबारदेखि मङ्गलबारसम्म सरकारी वकिलहरुले बहस सकेपछि हिजो बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको छ । अभियुक्तहरुको बहस भोलि शुक्रबारसम्म सक्ने बताएको छ । वादी र प्रतिवादको तर्फबाट थुनछेकको बहस सकिएपछि अदालतले यस प्रकरणमा गिरफ्तार गरिएका १८ जनालाई धरौटीमा रिहा गर्ने या कारागार चलान गर्ने भन्ने निर्णय हुनेछ ।