काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहीबार सुरुभएको छलफलमा बजेट माथि सांसदहरुले टिप्पणी गर्नुभएको छ ।
हिजोको बैठकमा पनि बजेटमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुभएको थियो । सरकारको आगामी आर्थिक वर्षकोे राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । सरकारले ल्याएको बजेटको सत्तापक्षका सांसदहरुले समर्थन र विपक्षी दलहरुले बजेटको विरोध गर्दै आउनुभएको छ ।