तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौं — प्रतिनिधिसभाको बैठकमा आज पनि बस्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय संसद्मा प्रस्तुत भएको बजेटमाथि छलफल गर्न आज बिहीबार बिहान ११ बजे बैठक सुरु हुने भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ–आफ्नो जिज्ञासा र धारणा राख्नेक्रम जारी छ । हिजो अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो । विपक्षी दलहरुले बजेटमा उल्लेख भएको करको दायराका साथै अन्य विषयमा प्रश्न उठाउनुभएको थियो ।
बजेटमाथिको छलफलमा भागलिंदै सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आउनुभएको छ । बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आउनुभएको छ ।