तस्वीरः प्रतिनिधिसभामा बोल्नुहुँदै एमाले संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओली ।
काठमाडौं — आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएको छ ।
आज जारी प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले ‘‘ यो गाँजाखेति कस्ले गर्न खोजिराख्या छ ? गाँजा खेती कसका लागि हो ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’ भनि प्रश्न गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको भन्दै कतिपय सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जिविकोपार्जन हुने भन्ने लागेको हुन सक्न भन्नुभयो । एमाले अध्यक्ष ओलीले नियन्त्रित गाँजा खेतीको विषय किन उठाइयो भनि प्रश्न गर्नुभयो ।
सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको उल्लेख गर्दै एमाले नेता ओलीले ‘गाँजाको बिऊ लिएर बसेको व्यापारी को हो ?’ भनि प्रश्न गर्नुभयो ।