काठमाडौं — प्रतिनिधिसभाको बैठक जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भैरहेको छ ।

प्रतिनिधि सभा बैठक, २०८० जेठ २३ गते, मंगलबार


सांसद्हरुले बजेट माथि उठाएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुनेछ । यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो धारणा पेश गरिरहनुभएको छ ।