काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयहरुको सूची सार्वजनिक गरेको छ । महानगरले नियम अनुसार गत जेठ १० गते दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न सुझाव दिए पनि सो अनुसारको विवरण पेश नगर्ने ३ सय ४२ वटा विद्यालयको सूची सार्वजनिक गरेको हो ।

महानगरले अटेर गरेर विवरण नपठाउने ३ सय ४२ विद्यालयलाई जेठ २८आइतबारभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा दिएको छ ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी दिएको छ ।

हेर्नूहोस् छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयहरुको सूचीः