काठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दैछ । सङ्घीय संसद्का दुवै सदनको (प्रतिनिधिसभा र राष्ट्रिय सभाको) संयुक्त बैठक आज मङ्गलबार बिहान ११ बजेबाट बस्न लागेको हो ।
आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को आय–व्यय विवरणको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको छ ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदयस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको आय–व्यय विवरणको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।