काठमाडौं — काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बैठकमा उठाएका प्रश्नको जवाफ दिंदै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा वक्तव्य–जानकारी दिनुहुने छ ।
यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो । आजको बैठकमा देशको सीमा र नागरिकता विधेयकका बारेमा सांसदहरुले प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रष्टीकरण दिनुभएको छ ।