तस्वीरः प्रतिनिधिसभामा बोल्दै एमाले सांसद् योगेश भट्टराई ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्रीलाई नेपालको भूमि विदेशीलाई दिने अधिकार नभएको बताएका बताउनुभएको छ ।
प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद् योगेश भट्टराईले नेपालको कुनै पनि भूमि विदेशीलाई दिन नसकिने बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चार दिने भ्रमणका बेला कालापानी लिपुलेक र लिम्पियाधुराको जमिन पूर्व नेपालबाट बङ्गलादेश जाने भूमिसँग साट्न सकिने अभिव्यक्ति दिनुभएको भनि कटाक्ष गर्दै कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताउनुभयो ।
नेकपा एमाले लम्पसारवादविरुद्ध उभिने भन्दै सांसद योगेशले ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं’— भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद योगशले लगाउनुभएको आरोपको खण्डन गर्दै आफुले नेपाली भूमि सट्टा पट्टा गर्ने भनेर कहिले नभनेको प्रष्ट पार्नुभयो ।