तस्वीरः प्रतितनिधिसभाको बैठक ।
काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुचारु गर्न विपक्षी दलका प्रमुख सचेतकहरुसँग भएको वार्ता सफल नभएपछि अन्ततः आजको बैठक स्थगित भएको सूचना संसद् सचिवालयले टाँसेको थियो । बैठक भोलि सोमबार बिहान ११ बजे भएको छ ।

आजको बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा आपत्ति जनाउँदै संसद् बैठक अवरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले सदनमा नाराबाजी गरेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।