तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौं — सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक बस्दैछ । काठमाडौको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आईतबार बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।

जेठ १५ गते सरकारले सार्वजनिक गरेको आर्थिक वार्षिक २०८०/०८१ को बजेटमाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।