तस्वीरः नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापा ।
काठमााडौं — नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले मुख्यरुपमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित हुँदै सभापति देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिनुभएको छ ।
प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका सहमतिहरु आफूलाई शैह्य नभएको बतानुभएको छ ।
नेपाली काङ्ग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्व र जनसरोकार विपरित निर्णयहरु गरेको भन्दै कटाक्ष गनुभएको छ । महामन्त्री थापाले ‘ जनसरोकारका जे जति विषयहरु छन् ति सबै नेपाली काङ्ग्रेसका पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो भन्नुभएको छ ।
महामन्त्री थापाले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको विरुद्ध सङ्घर्ष गरेर पनि रोक्नुपर्ने अवस्था आएको भन्दै अब पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले आफुलाई साथ दिन आह्वान समेत गर्नुभएको छ ।