तस्वीरः महाकालेश्वर मन्दिर पुगेका पुजा आराधना गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।
उज्जैन — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारतको मध्यप्रदेशस्थित उज्जैन पुग्नुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेका पुजा आराधना गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड उज्जैन पुग्दा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको हिजोको भेटपछि आज प्रधानमन्त्री उज्जैन जानुभएको हो ।

महाकालको पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले जनै र धोती लगाएर पुरा आराधनामा लाग्नुभएको थियो । महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले सयवटा रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ भेटी चढाउनुभएको थियो । उमेरको नेटो काट्दै गर्दा नेकपा माओवादीका अध्यक्ष समेत रहनुभका प्रधानमन्त्री प्रचण्डले जीवनकै पहिलो सार्वजनिक मन्दिरको भ्रमण गरी पुजा आराधनामा सक्रिय हुनुभएको हो ।

भारत भ्रमणका क्रममा औपचारिक समारोहमा दौरासुरुवालमा सचिएर प्रस्तुत हुनुभएका प्रधानमन्त्री प्रचण्ड नेपालमा पनि औपचारिक कार्यक्रममा दौरासुरुवालमै जाने गर्नुहुन्छ । तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहणगर्दादेखि नै नेपाली राष्ट्रिय पोशाक दौरासुरुवालमा सजिनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुँदा दौरासुरुवालमा सजिनुभएका प्रचण्डको त्यसबेला प्रशंसासमेत भएको थियो ।